एमाले नेतृत्वको गठबन्धन सरकारमा जाने कि नजाने अन्योलमा माधव नेपाल

नेपालभ्युज

एमाले नेतृत्वको गठबन्धन सरकारमा जाने कि नजाने अन्योलमा माधव नेपाल

काठमाडौं । नेकपा माओवादी, नेकपा (एमाले), रास्वपा र जसपासहित नयाँ गठबन्धनबाट सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी भइरहँदा नेकपा (एकीकृत समाजवादी) अन्योलमा छ । नयाँ गठबन्धनमा सामेल हुने कि नहुने अन्योलमा देखिएको नेताहरु बताउँछन् ।

एमाले अध्यक्ष ओली समेत नेकपा (एकीकृत समाजवादी)लाई गठबन्धनमा ल्याउन सकारात्मक देखिए पनि एकीकृत समाजवादीले अहिलेसम्म सरकारमा जाने वा नजानेबारे केही निर्णय गरिसकेको छैन ।

प्रचण्ड पनि एकीकृत समाजवादीलाई गठबन्धनमा ल्याउन चाहन्छन् । यसबारे छलफल गर्न अध्यक्ष माधव कुमार नेपालले सचिवालय बैठक बोलाएका छन् ।

आज अपराह्न ३ बजे सचिवालय बैठक बस्ने महासचिव घनश्याम भूसालले बताए ।

प्रतिनिधि सभामा एकीकृत समाजवादीका १० जना सांसद छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved