पोखरा घुम्न गएका दुई युवाको मोटरसाइकल दुर्घटनामा मृत्यु

नेपालभ्युज

पोखरा घुम्न गएका दुई युवाको मोटरसाइकल दुर्घटनामा मृत्यु
सांकेतिक तस्वीर।

काठमाडौं । पोखरामा मोटरसाइकल दुर्घटना हुँदा दुई युवाको मृत्यु भएको छ । काठमाडौंबाट पोखरा घुम्न गएका युवाको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको हो ।

लेकसाइडबाट जिरो किलोेतर्फ जाँदै गरेको बुलेट मोटरसाइकल सडक बीचमा रहेको डिभाइडरमा ठोक्किएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनामा कैलालीको सोरहनपुर गाउँपालिका–३ का २८ वर्षीय महेश आचार्य र जानकी गाउँपालिका–३ का ३० वर्षीय शैलेन्द्र कुमार उपाध्यायको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुलाई उपचारका लागि गण्डकी मेडिकल कलेजमा लगिएको थियो ।

उपचारका क्रममा दुवैको आज बिहान ४ बजेतिर मृत्यु भएको हो । उनीहरु शुक्रबार घुम्नका लागि पोखरा गएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved