बालेनमाथि खनिए अमरेश, भने : यस्तो हर्कत नदोहोरियोस्

नेपालभ्युज

बालेनमाथि खनिए अमरेश, भने : यस्तो हर्कत नदोहोरियोस्

काठमाडौं । प्रतिनिधि सभा सदस्य अमरेशकुमार सिंहले फुटपाथ व्यापारीहरुलाई त्रसित नगराउन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहलाई चेतावनी दिएका छन् ।

शुक्रवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सिंहले काठमाडौं महानगरपालिकाको प्रमुखको दम्भ बढेको बताएका हुन् ।

सिंहले काठमाडौंले मधेसका मान्छेका कारणले फल र तरकारी खान पाइरहेको भएपनि मधेसका मान्छेहरुलाई अपमान गरिएको बताए ।

करमा दर्ता गरेर कवाडी व्यवसाय सञ्चालन गर्दा पनि अपमान गरिएको भन्दै उनले सरकारसँग असन्तुष्टि व्यक्त गरे ।

काठमाडौं संघीय राजधानी भएको भन्दै यहाँ संविधान प्रदत्त अधिकारको उपभोग गर्दै सबैले बस्न पाउने उनको भनाई छ ।

उनले श्रमिक वर्गलाई अपमान गरिए काठमाडौं कुनैदिन संघर्षको मैदान बन्ने भन्दै संघ सरकार र महानगरपालिकाको नियन्त्रणमा नरहने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved