सुन्धारामा फुटपाथ व्यवसायी र नगर प्रहरीबीच झडप, ११ जना घाइते

नेपालभ्युज

सुन्धारामा फुटपाथ व्यवसायी र नगर प्रहरीबीच झडप, ११ जना घाइते
फाइल फोटो

काठमाडौं । काठमाडौंको सुन्धारामा फुटपाथ व्यवसायी र नगर प्रहरीबिच झडप भएको छ ।

बुधबार साँझ भएको उक्त झडपमा ६ जना फुटपाथ व्यवसायी र ५ जना नगर प्रहरी घाइते भएका छन्।

नगर प्रहरीका मनोज लामिछानेसहित ५ जना घाइते भएको महानगर प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिए ।

उनका अनुसार घाइतेहरुको वीर अस्पतालमा उपचार भैरहेको छ ।

नगर प्रहरीका अनुसार ९ बजेअघि व्यवसाय सुरु नगर्न भन्दा फुटपाथ व्यवसायीले आक्रमण गरेका हुन्  ।

फुटपाथ व्यवसायीले साँझ ७ बजेपछि व्यापार सुरु गरेपछि नगर प्रहरीले हटाएउँदा दुई पक्षबीच झडप भएको बताइएको छ ।

काठमाडौं महानगरपालिकाले राति ९ बजेपछि फुटपाथ व्यवसाय राख्न दिने निर्णय गरेको थियो । यसअघि काठमाडौं महानगरपालिकाले फुटपाथ व्यवसाय हटाएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved