गण्डकी प्रदेशको हिउँदे अधिवेशन आजदेखि, विभिन्न ७ विधेयक पेश गर्ने तयारी

नेपालभ्युज

गण्डकी प्रदेशको हिउँदे अधिवेशन आजदेखि, विभिन्न ७ विधेयक पेश गर्ने तयारी

काठमाडौं । गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन आजदेखि सुरु हुँदै छ । संसद बैठक २ बजे सुरु हुने छ । आजदेखि सुरु हुने अधिवेशनमा प्रदेश सरकारले विभिन्न सातवटा विधेयक पेश गर्ने तयारी गरेको छ ।

विषयगत समितिबाट पारित भएका आमसञ्चार र बीउबिजनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक अधिवेशनमा पेस गरिने सरकारका प्रवक्ता सरस्वती अर्याल तिवारीले जानकारी दिइन् ।

त्यस्तै, अधिवेशनमा प्राइभेट फर्म दर्ता ऐन, २०७८ लाई संशोधन गर्न बनेको विधेयक र सार्वजनिक सडक निर्माण, विस्तार तथा मर्मतसम्भार गर्न बनेको विधेयक पनि सदनमा पेस गर्ने निर्णय गरेको तिवारीले बताइन् ।

यसअघि प्रदेश मामिला तथा कानुन समितिद्वारा आमसञ्चारसम्बन्धी व्यवस्था गर्न विधेयक र सामाजिक विकास तथा कृषि समितिबाट गण्डकी प्रदेशमा बीउबिजनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत पारित भइसकेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved