भारती मानन्धरले गरिन् विष सेवन

नेपालभ्युज

भारती मानन्धरले गरिन् विष सेवन

काठमाडौं । श्रीमानका हत्यारालाई माफी दिने निर्णयविरुद्ध लडेर चर्चामा आएकी भारती मानन्धरले विष सेवन गरेकी छिन् ।

मंगलबार साँझ ४ बजेको आसपास भारतीले विष सेवन गरेको प्रहरीले जनाएको छ ।

हाल भारतीको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचार भइरहेको बताइएको  छ । बाँके प्रहरीका अनुसार उनको अवस्था स्थिर छ ।

भारती नेपालगञ्जमा गुण्डा नाइके रिगल समूहबाट हत्या गरिएका चेतन मानन्धरकी श्रीमती हुन् ।

राष्ट्रपतिले आम माफी दिएपछि फेरि रिगललाई जेल पुर्‍याएर न्याय पाएकी भारतीले विष सेवन गरेर आत्महत्या प्रयास गरेकी हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved