मगर दिवसमा तनहुँका ८ पालिकामा सार्वजनिक बिदा

नेपालभ्युज

मगर दिवसमा तनहुँका ८ पालिकामा सार्वजनिक बिदा

काठमाडौं । मगर दिवसको अवसरमा तनहुँका ८ पालिकामा सार्वजनिक  बिदा दिइएको छ ।  मंगलवार ४२ औँ मगर स्थापना दिवसको अवसरमा मगर बाहुल्य पालिकाहरूमा सार्वजनिक बिदा दिइएको हो ।

तनहुँका शुक्ल गण्डकी, भीमाद र भानु नगरपालिका तथा म्याग्दे, ऋषिङ, घिरिङ, बन्दीपुर र देवघाट गाउँपालिकाले  कार्यपालिका बैठकबाट बिदा दिने निर्णय गरेका हुन् ।

स्थानीय तहका कार्यालय, वडा कार्यालय, सेवा केन्द्र, स्वास्थ्य संस्था, बैैंक, वित्तीय संस्था, निजी सङ्घसंस्था र सबै विद्यालयमा बिदा हुने  बताइएको छ ।

२०३९ साल फागुन १५ गतेदेखी मगर स्थापना दिवस मनाउन थालिएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved