‘एकताका लागि दौड’ प्रतियोगिता, कुँवर प्रथम

‘एकताका लागि दौड’ प्रतियोगिता, कुँवर प्रथम

वीरेन्द्रनगर । ‘एकताका लागि दौड’ (रन फर युनिटी–२०८०) प्रतियोगिताको हाफ म्याराथन (२१ किलोमिटर)मा तातोपानी गाउँपालिका–७ जुम्लाका दलबहादुर कुँवर प्रथम भएका छन् ।

नेपाली सेना उत्तरपश्चिम पृतनाद्वारा शनिबार सुर्खेतमा आयोजित दौड प्रतियोगितामा कुँवरले एक घण्टा आठ मिनेटमा २१ किलोमिटर दूरी पार गरी प्रथम भएका हुन् ।

एक घण्टा २३ मिनेटमा उक्त दूरी पार गरी रास्कोट नगरपालिका–३ कालीकोटका सन्तोष योगी द्वितीय भएका छन् । एक घण्टा ३२ मिनेटमा २१ किलोमिटर दूरी पार गरी नेपाली सेनाका आशीष गुरुङले तृतीय स्थान हात पारेका छन् ।

कर्णाली प्रदेश प्रमुख तिलक परियारले दौड प्रतियोगिताका प्रथम कुँवरलाई रु ३५ हजार, योगीलाई रु २५ हजार र गुरुङलाई रु १५ हजार नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे ।

त्यसैगरी, पुरुषतर्फ धिरबहादुर बुढा प्रथम, सञ्जीव नेपाली द्वितीय र अक्कल बडुवाल तृतीय भएका छन् । प्रथम, द्वितीय र तृतीय हुने बुढा, नेपाली र बडुवाललाई रु २०, १० र पाँच हजार नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको छ ।

दश किलोमिटर दौडमा महिलातर्फ सुर्खेतका आशा रावत प्रथम, जुम्लाका द्वितीय र तृतीय स्थान जुम्लाका समिता बुढा राज्यलक्ष्मी रावलले प्राप्त गरेका छन् ।

प्रथम, द्वितीय र तृतीय हुने रावत, बुढा र रावललाई क्रमशः रु २०, १० र पाँच हजार नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको छ ।

पाँच किलोमिटर दौड प्रतियोगितामा छात्रतर्फ अजय विक प्रथम, दीपेन्द्र बोहोरा द्वितीय र सुजन विक तृतीय भएका छन् । प्रथम, द्वितीय र तृतीय हुने क्रमशः अजय, दीपेन्द्र र सुजनलाई रु दश, पाँच र तीन हजार नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको छ ।

पाँच किलोमिटर छात्रातर्फ जुम्लाका कल्पना बुढा प्रथम, द्वितीय र तृतीय स्थान सुर्खेतका बिमला कार्की र उर्मिला खनालले प्राप्त गरेका छन् ।

उक्त दौड प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने बुढा, कार्की र खनाललाई रु दश, पाँच र तीन हजार नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved