भक्तपुरमा ८० वर्ष अघि खिचेका फोटो प्रदर्शनी गरिदै

नेपालभ्युज

भक्तपुरमा ८० वर्ष अघि खिचेका फोटो प्रदर्शनी गरिदै

काठमाडौं । भक्तपुर पर्यटन विकास समितिले ब्रिलियन्ट भक्तपुर फोटो प्रदर्शनी गर्ने भएको छ । समितिले भक्तपुर दरबार क्षेत्रमा आगामी १८ गतेदेखि दुई दिन प्रदर्शनी गर्ने जनाएको हो ।

भक्तपुरका पुराना फोटोग्राफर स्व. बद्री प्रसाद बनेपाली, उनका छोरा केदार र नाति किसन तथा नातिनी सुनी बनेपालीगरी तीन पुस्ताले विभिन्न काल खण्डमा खिचेका फोटोहरुको प्रदर्शनी गर्न लागिएको हो ।

भक्तपुर, काठमाण्डौ, ललितपुर र काभ्रेका ऐतिहासिक तथा पुरातात्विक महत्वका सम्पदा सँगसँगै त्यहाँको रहनसहन, जात्रा पर्व तथा रितिरिवाज, संस्कृति झल्कने फोटोहरुको प्रदर्शनीमा राखिने छ ।

प्रदर्शनीमा तीन पुस्ताले खिचेका ६ दर्जन तस्वीर राखिने शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो । वि.सं. १९७२ सालमा जन्मिएका स्व बद्रीप्रसाद बनेपाली भक्तपुरकै पहिलो व्यवसायिक फोटोग्राफर हुन् ।

१४ बर्षको उमेरमै भारत गएर फोटोग्राफी तालिम लिएर फर्के पछि केही बर्ष सम्म घर घरमा गई फोटो खिचेका बनेपालीले वि.सं २०१० सालमा आफ्नै घरमा दत्तानी स्टुडियो सञ्चालन गरेर भक्तपुरमा व्यावसायिक फोटोग्राफी सुरु गरेका थिए ।

प्रदर्शनीमा बद्री प्रसाद बनेपालीले ८० वर्ष अधि खिचेका तस्वीरहरु प्रदर्शनीमा राखिने भएको छ ।

विश्व सम्पदा स्थल भक्तपुर दरबार क्षेत्रमा हुने प्रदर्शनीको उद्घाटन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले गर्नेछन् । २ दिनसम्म चल्ने प्रदर्शनी विहान १० देखी बेलुका ५ बजेसम्म खुल्ला रहनेछ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved