श्रीलंकामा २ महिनामा १५ हजारभन्दा बढी डेंगीका बिरामी

नेपालभ्युज

श्रीलंकामा २ महिनामा १५ हजारभन्दा बढी डेंगीका बिरामी

कोलम्बो । श्रीलंकामा सन् २०२४ मा अहिलेसम्म १५ हजारभन्दा बढी डेंगीका बिरामीहरू भेटिएका छन् । डेङ्गी सङ्क्रमणबाट ५ जनाको मृत्यु भएको राष्ट्रिय डेंगी नियन्त्रण एकाइले शुक्रबार जनाएको छ।

एकाइद्वारा गरिएको पछिल्लो अपडेट अनुसार जनवरीमा १० हजार ४१७ जनामा सङ्क्रमण पाइएको छ भने फेब्रुअरीमा ४ हजार ९९६ जनामा सङ्क्रमण देखिएको छ ।

पश्चिमी प्रान्तमा सबैभन्दा बढी ५ हजार २७५ जनामा सङ्क्रमण देखिएको छ भने उत्तरी प्रान्तमा ३ हजार ६६७ जनामा सङ्क्रमण देखिएको छ ।

गत वर्ष ८८ हजार जना डेंगीका बिरामी फेला परेका थिए जसमा ५७ जनाको सङ्क्रमणबाट मृत्यु भएको थियो। सिन्ह्रा

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved