सितापाइला घटना:

तीनजनाको हत्या गरेर झुन्डिएका राजुका भाइले दिए जाहेरी, भिडिओमा नाम लिएका व्यक्ति पक्राउ

घटनाको अनुसन्धानको लागि ती व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको जनाइएको छ । राजु घिमिरे भन्ने काजीले आत्महत्या गरेको विषयमा भने उनका भाइ विजय घिमिरे विश्वकर्माले आत्महत्या दुरुत्साहन मुद्दामा जाहेरी दिएका छन् ।

नेपालभ्युज

तीनजनाको हत्या गरेर झुन्डिएका राजुका भाइले दिए जाहेरी, भिडिओमा नाम लिएका व्यक्ति पक्राउ

काठमाडौं । काठमाडौंको सीतापाइलामा श्रीमतीसहित तीन जनाको हत्या गरेपछि राजु घिमिरे भन्ने काजी विश्वकर्माले भिडिओ बनाएर नाम लिएका एक जना पक्राउ परेका छन् ।

१४ वर्षका छोरा अनीश श्रेष्ठलाई उनकै मोबाइलबाट खिच्न लगाएर नाम लिएका चितवनका श्रेष्ठ थरका एक व्यक्ति पक्राउ परेको प्रहरीले बताएको छ ।

बुधबार बिहान श्रीमती ३९ वर्षीया ईश्वरी श्रेष्ठ, ८ वर्षकी छोरी अनिशा श्रेष्ठ र २ वर्षकी नातिनी शिवानी श्रेष्ठको हत्या गरेपछि काजीले १४ वर्षका छोरा अनिशलाई मोबाइलबाट भिडिओ खिच्न लगाएका थिए ।

शङ्काकै भरमा हिंसाको खेल : ‘भ्यालेन्टाइन्स् डे’मा फूल दिए, सातापछि ज्यान लिए !

श्रीमतीको परपुरुषसँग सम्बन्ध रहेका कारण हत्या गरेको उनले भिडिओमा बताएका थिए ।

घटनाको अनुसन्धानको लागि ती व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको जनाइएको छ । राजु घिमिरे भन्ने काजीले आत्महत्या गरेको विषयमा भने उनका भाइ विजय घिमिरे विश्वकर्माले आत्महत्या दुरुत्साहन मुद्दामा जाहेरी दिएका छन् । आफूले केही व्यक्तिविरुद्ध जाहेरी दिएको राजुका भाइ विजय घिमिरेले विकले बताए ।

श्रीमती, छोरी र नातिनीलाई ओछ्यानमै मारेर छोरा र सालोलाई पठाए राजुले घटनाको भिडिओ

‘राजु घिमिरे भन्ने काजीले आत्महत्या गरेको विषयमा आत्महत्या दुरुत्साहन मुद्दा परेको छ । यसैले आत्महत्या अघि नाम लिएका एकजना पक्राउ परेका छन् । अनुसन्धान भइरहेको छ ’ प्रहरी स्रोतले भन्यो ।

भिडिओ राजु घिमिरे काजीले ‘रमेशलाई र चितवनको केटालाई छाड्ने होइन’ भनेका थिए । राजु घिमिरे भन्ने काजीले नाम लिएका अर्का व्यक्तिको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस्-

‘नानीबाबुको ख्याल राख्नु’ भन्दै तीन तलाबाट फाल हालिन् रबिना, मारिए अश्वेत र रिवा !

अवैध अफिमको मौलाउँदो खेती, नेपालको अफगानिस्तान बन्दै ‘राक्सिराङ्ग’

शाहरूखको फिल्म ‘डंकी’कै शैलीमा मानव तस्करी, भारतीय गिरोहको ट्रान्जिट काठमाडौं


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved