चीनमा पानी जहाज पुलमा ठोक्कियो, दुई जनाको मृत्यु

नेपालभ्युज

चीनमा पानी जहाज पुलमा ठोक्कियो, दुई जनाको मृत्यु

काठमाडौं । बिहीबार दक्षिणी चिनियाँ सहर ग्वान्झाउमा एउटा पानी जहाज पुलमा ठोक्किँदा सार्वजनिक बससहित पाँचवटा गाडी नदीमा खसेका छन् ।

बीबीसीका अनुसार दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । तीन जना अझै बेपत्ता छन् ।

जहाज पुलमा ठोक्किँदा पुलको एक भागसमेत भत्किएको छ । जहाजले सामान भने बोकेको छैन ।

जिल्ला अधिकारीलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमका अनुसार जहाजका कप्तानलाई हिरासतमा लिइएको छ । जहाजको स्वामित्वमा रहेको कम्पनीले अनुसन्धानमा सहयोग गरिरहेको जनाएको छ ।

ग्वान्झाउ पर्ल नदीको डेल्टामा अवस्थित छ र मुख्य भूमि चीनको सबैभन्दा व्यस्त बन्दरगाहमध्ये एक हो।

यो घटना भएको जिल्ला नान्शा दक्षिणी चीनको सबैभन्दा छिटो बढिरहेको बन्दरगाह हो । सन् २००४ मा खोलिएदेखि हरेक वर्ष कार्गोको मात्रा बढ्दै गएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved