नेपाल आज नामिबियासँग भिड्दै

नेपालभ्युज

नेपाल आज नामिबियासँग भिड्दै

काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग टु मा आज नेपाल र नामिबिया भिड्दै छन् । यी दुई बीचको खेल विहान सवा ९ बजे त्रिवि क्रिकेट मैदानमा हुनेछ । आजको दोस्रो खेलमा नेपाल नामिबियाविरुद्ध जितको खोजीमा मैदान उत्रिदै छ ।

नामिबिया पनि नेपालमाथिको दबाब कायमै राख्न चाहन्छ ।

यी दुई टोलीबीच भएको लिग टु को पहिलो खेलमा नामिबिया चार विकेटले विजयी भएको थियो ।

नेपालले नेदरल्याण्डलाई ९ विकेटले हराएको थियो । नामिबिया भने नेदरल्याण्डसँग पराजित भएको छ । नेदरल्याण्ड्सले नामिबियाविरुद्ध ७ विकेटको सहज जित निकालेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved