भारतमा किसान आन्दोलनः हृदयघातका कारण प्रदर्शनस्थलमै किसानको मृत्यु

नेपालभ्युज

भारतमा किसान आन्दोलनः हृदयघातका कारण प्रदर्शनस्थलमै किसानको मृत्यु

काठमाडौं । पञ्जाब र हरियाणाको शम्भु सीमामा आन्दोलन गरिरहेका एक किसानको हृदयघातका कारण मृत्यु भएको छ ।

बीबीसीका अनुसार प्रदर्शनस्थलमा मृत्यु भएका किसानको नाम ज्ञान सिंह हो।

हृदयघातको कारण ज्ञानको मृत्यु भएको राजिन्दर अस्पताल पटियालाका इन्चार्ज डा. हरनाम सिंहले बताए ।

किसान नेता सर्वन सिंह पन्धेरका अनुसार मृतक मजदूर संघर्ष समिति पञ्जाबमा आबद्ध थिए ।

शम्भु सीमामा किसानको प्रदर्शनको शुक्रबार चौथो दिन हो । बिहिबार राति किसान नेता र केन्द्र सरकारका मन्त्रीहरूबीचको वार्तामा कुनै समाधान हुन सकेन ।

शम्भु सीमामा किसान र सुरक्षाकर्मीबीच पटक पटक झडप भएको छ । किसानलाई रोक्न सुरक्षा बलले अश्रुग्यास समेत प्रहार गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved