नेपाल–भारत विद्युतीय भुक्तानी प्रणाली विकास गर्न द्विपक्षीय नियामकीय संयन्त्र स्थापना गर्ने सम्झौता

नेपालभ्युज

नेपाल–भारत विद्युतीय भुक्तानी प्रणाली विकास गर्न द्विपक्षीय नियामकीय संयन्त्र स्थापना गर्ने सम्झौता

काठमाडौं । नेपाल र भारतबीच विद्युतीय भुक्तानी प्रणाली विकास गर्नका लागि द्विपक्षीय नियामकीय संयन्त्र स्थापना गर्ने सम्झौता  भएको छ ।

बिहीबार नेपाल राष्ट्र बैंक र भारतको केन्द्रीय बैंक आरबीआईबीच विद्युतीय भुक्तानी प्रणाली विकास गर्न द्विपक्षीय नियामकीय संयन्त्र स्थापना गर्ने सम्झौता भएको हो ।

यो समझदारीअनुसार भारतको युनिफाइड पेमेन्ट्स इन्टरफेस (यूपीआई) र नेपालको नेश्नल पेमेन्ट्स इन्टरफेस (एनपीआई)मा द्विपक्षीय नियामकीय संयन्त्र स्थापना हुनेछ । यससँगै नेपाल र भारतबिच सहज, सुलभ र सुरक्षित विद्युतीय भुक्तानी प्रणालीको विकास हुने राष्ट्र बैंकले जनाएको छ ।

भारतमा रहेका राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र आरबीआई गभर्नर शक्तिकान्त दासको उपस्थितिमा मुम्बईमा सम्झौतामा हस्ताक्षर भएको हो । यसअघि गत जेठमा प्रधानमन्त्री दाहालको भारत भ्रमणका बेला भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितिमा अन्तरदेशीय भुक्तानी हुने सम्झौता भएको थियो ।

दुई देशका केन्द्रीय बैंकको उपस्थितिमा भएको समझदारीले क्यूआरमार्फत नै दुवै देशमा रकम भुक्तानीको बाटो खुल्न सक्ने बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved