अर्थतन्त्र सुधार्न निजी क्षेत्रको मनोबल बढाउनु पर्छ : अध्यक्ष ढकाल 

नेपालभ्युज

अर्थतन्त्र सुधार्न निजी क्षेत्रको मनोबल बढाउनु पर्छ : अध्यक्ष ढकाल 

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले निजी क्षेत्रको मनोबल बढाउनुपर्ने बताएका छन् ।

नुवाकोट उद्योग वाणिज्य संघद्वारा आयोजित सातौँ नुवाकोट महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले अर्थतन्त्र चलायमान बनाउनका लागि व्यवसायी र आम उपभोक्ताको मनोबल वृद्धि गर्न परिषद्लाई थप चुस्त र सक्रिय बनाई निजी र सरकारी संवाद जरुरी रहेको बताए ।

“अर्थतन्त्रलाई चलायमान बनाउँदै व्यवसायी तथा आम उपभोक्ताको मनोबल वृद्धि गर्न परिषद्लाई थप चुस्त र सक्रिय बनाई निजी र सरकारी संवाद जरुरी छ’, उनले भने ‘यसका लागि हामीले दिएको सुझाव अनुसार प्रधानमन्त्रीज्यूले संवाद परिषद्लाई सक्रिय बनाउनुभएको छ । यसलाई थप सक्रिय बनाउन आवश्यक छ ।”

स्थानीय मेला महोत्सवले अर्थतन्त्र र आर्थिक गतिविधि बढाउन सहयोग गर्ने बताउँदै उनले यसलाई महासंघ विशेष महत्वका विभिन्न स्थान आयोजना गर्ने गरेको जानकारी गराए ।

“मेला महोत्सवले स्थानीय उत्पादनको प्रवर्द्धनमा, स्थानीय स्तर व्यावसायिक गतिविधिहरू बढाउन, स्थानीय वस्तु तथा सेवाको बजार विस्तार गर्न महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ ।’, उनले भने ।

अध्यक्ष ढकालले श्रीलंकामा देखिएको आर्थिक समस्यालाई केन्द्रित गरी नेपाल सरकार र अन्य नियामक निकायले लिएका नीति नियमले अर्थतन्त्रलाई संकुचित गरेको उल्लेख गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved