अध्यागमन अधिकृत खड्कासहित ४ जनालाई थुनामा पठाउन आदेश

नेपालभ्युज

अध्यागमन अधिकृत खड्कासहित ४ जनालाई थुनामा पठाउन आदेश

काठमाडौं । फर्जी कागजात बनाएर भिजिट भिसामा विदेश पठाएको आरोपमा पक्राउ परेका अध्यागमन अधिकृत नरवीर खड्कासहित ४ जनालाई काठमाडौँ जिल्ला  अदालतले थुनामा पठाउन आदेश दिएको छ ।

अदालतका न्यायाधीश कपिलमणि गौतमले मंगलबार थुनछेक बहसपछि उनिहरुलाई थुनामा पठाउन आदेश दिएका हुन् ।

अदालतको यो आदेशसँगै  अधिकृत खड्का,  मनोज तामाङ लामा, सरोज कुमार यादव र अरुण दाहाललाई थुनामा जाने भएका छन् । लामा र  यादव  ट्राभल सञ्चालक हुन् भने बिचौलिया ।

यस्तै अदालतले  गिरोहमा संलग्न गीता शाहसँग  ५ लाख,  पदम लामासँग  १ लाख, विनोद कार्कीसँग २ लाख, राम प्रसाद भण्डारीसँग ७ लाख, रविन अर्यालसँग १ लाख र दिनेश ज्ञवालीसँग ७ लाख धरौटी माग गरेको छ । उनिहरु भने धरौटीमा रिहा हुने भएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved