युरो र पाउण्डको मूल्य घट्दा डलरको स्थिर 

नेपालभ्युज

युरो र पाउण्डको मूल्य घट्दा डलरको स्थिर 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार)को लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आइतबारको तुलनामा आज युरो र पाउण्डको मूल्य घटेको छ ।

सोमबार अमेरिकी डलर एकको मूल्य १३२ रुपैयाँ ३८ पैसा रहेको छ भने बिक्री दर १३२ रुपैयाँ ९८ पैसा रहेको छ । युरो एकको खरिद दर १४२ रुपैयाँ ७९ पैसा रहेको छ भने बिक्री दर १४३ रुपैयाँ ४३ पैसा रहेको छ  ।

बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ २२ पैसा रहेको थियो भने बिक्री दर १६७ रुपैयाँ ९८ पैसा रहेको छ । त्यस्तै, आज कतारी रियाल एकको विनिमय दर ३६ रुपैयाँ हुँदा कुवेती दिनारको मूल्य ४३२ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved