फरवार्ड सावित्राको फुटबल यात्रा, व्यावसायिक फुटबल खेल्न भारत, इजरायल हुँदै पुगिन् फ्रान्स

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ फ्रान्सको शीर्ष डिभिजन क्लबमा अनुबन्ध भएकी छन् ।

नेपालभ्युज

फरवार्ड सावित्राको फुटबल यात्रा, व्यावसायिक फुटबल खेल्न भारत, इजरायल हुँदै पुगिन् फ्रान्स

काठमाडौं। नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ फ्रान्सको शीर्ष डिभिजन क्लबमा अनुबन्ध भएकी छन् ।

उनलाई शीर्ष डिभिजन क्लब एन आभान्ट ग्वेंगाम्पले डेढ वर्षका लागि अनुबन्ध गरेको हो। क्लबले बिहीबार आफ्नो अफिसियल फेसबुक पेज र वेबसाइटमार्फत साम्बाको अनुबन्धबारे जानकारी गराएको हो । क्लबले उनलाई २८ नम्बर जर्सी उपलब्ध गराएको छ ।

सावित्रा एक सिजनका लागि इजरायलको क्लब हापोएल रानानामा अनुबन्ध भएकी थिइन्। इजरायल र हमासबीच युद्ध सुरू भएपछि सबै खेल रोकिएर उनी नेपाल फर्किएकी थिइन्। नयाँ यात्राका लागि उनी गत सोमबार फ्रान्स उडेकी थिइन्। स्वास्थ्य परीक्षणपछि अनुबन्ध गरिएको क्लबले जनाएको छ।

नेपाली राष्ट्रिय टोलीका लागि सर्वाधिक गोलकर्ता सावित्राले अन्तर्राष्ट्रिय खेलमा ४२ गोल गरिसकेकी छन्। यसअघि भारतमा ‘इन्डियन वुमन्स लिग’ खेल्दै सावित्रा आवद्ध क्लबले तीन पटक उपाधि जितिसकेकी छन्।

ग्वेंगाम्प लिगको १२ खेलमा २ जित, २ बराबरी र ८ हारका साथ ८ अंक जोड्दै दशौं स्थानमा छ । बोर्डोको १२ खेलमा ५ अंक छ । १२ टोली सम्मिलित लिगमा अझै यो सिजन १० खेल बाँकी रहेको छ ।

फ्रान्सेली लिग महिला फुटबलमा विश्वकै उत्कृष्ट मध्यको एक मानिन्छ । ओलम्पिक लिओने र पेरिस सेन्ट जर्मेनमा विश्व स्तरीय फुटबलर खेल्छन् र च्याम्पियन्स लिगमा पनि दाबेदारी रहँदै आएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved