हेलम्बुमा जीप दुर्घटना, २ जना भुटानी नागरिकको ज्यान गयो

नेपालभ्युज

हेलम्बुमा जीप दुर्घटना, २ जना भुटानी नागरिकको ज्यान गयो
सांकेतिक तस्वीर।

काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बुमा जीप दुर्घटना हुँदा २ जना भुटानी नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा ३३ वर्षीय अब्गो र ७१ वर्षीया वाङ्मु रहेका छन् ।

भुटानबाट घुम्न आएका पर्यटक चढेको बा २ च ४४५० नम्बरको बोलेरो दुर्घटना भएको हो । हेलम्बु १ मा रहेको दोरिङ भिरमा जीप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । घाइतेमध्ये चार जना भुटानी र एक नेपाली रहेको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved