बिग बोस १७ हारेर पनि मालामाल भइन् अंकिता

नेपालभ्युज

बिग बोस १७ हारेर पनि मालामाल भइन् अंकिता

एजेन्सी । रियालिटी शो बिग बोस १७ सकिएको छ । अंकिता लोखन्डे यस सीजनको फाइनलसम्म पुगेकी थिइन् । तर उनले टप तीनमा समेत स्थान बनाउन सकिनन् ।

उनले ट्रफी जित्न नसकेपनि शो मा सहभागी भएवापत मोटो रकम प्राप्त गरेकी छन् । अंकिता यस शो मा पूरा १०५ दिन रहिन्, जसका लागि उनले निर्मातासँग ठूलो रकम असूलेकी छन् ।

मिडिया रिपोर्टका अनुसार अंकितालाई बिग बोसबाट हरेक हप्ताका लागि १२ लाख रुपैयाँ पारिश्रमिक प्राप्त भएको थियो । यस्तोमा अंकिताले यस सीजनबाट पूरा एक करोड ८० लाख रुपैयाँ कमाई गरेकी छन् ।

यदि उनले बिग बोसको ट्रफी जितेकी हुन्थिन् भने यो रकम बाहेक थप ५० लाख राशी पनि प्राप्त हुने थियो । उनलाई यो शो पछि विभिन्न टेलिफिल्मबाट पनि अफर आउने अनुमान लगाइएको छ ।

जसबाट उनले धेरै कमाई गर्नेछन् । यस्तो दाबी गरिएको छ कि अंकिता एकता कपुरको सीरियल ‘नागिन ७’ मा देखिन सक्छिन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved