चिनियाँ कम्युनिष्ट पार्टीको प्रतिनिधि मण्डलले आज विभिन्न दलसँग संयुक्त अन्तरक्रिया गर्दै

नेपालभ्युज

चिनियाँ कम्युनिष्ट पार्टीको प्रतिनिधि मण्डलले आज विभिन्न दलसँग संयुक्त अन्तरक्रिया गर्दै

काठमाडौं । नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको प्रतिनिधि मण्डलले आज विभिन्न राजनीतिक दलसँग सामूहिक अन्तरक्रिया गर्दैछ । सोल्टी होटेलमा बिहान साढे १० बजेदेखि हुने कार्यक्रममा विभिन्न राजनीतिक दलका नेतालाई बोलाइएको छ ।

माओवादीबाट महासचिव देव गुरुङको नेतृत्वमा १० जना पदाधिकारी छलफलमा सहभागी हुने छन् ।

गत शुक्रबार काठमाडौं आइपुगेको चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हैयान नेतृत्वको टोलीले हिजो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली तथा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरिसकेको छ ।

माओवादीको निमन्त्रणामा आएको टोलीको भोलि कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट गर्ने कार्यतालिका बनाएको छ । टोली मंगलबार स्वदेश फर्किने छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved