पूर्वमा जारी आन्दोलनप्रति बाबुरामको ऐक्यबद्धता

नेपालभ्युज

पूर्वमा जारी आन्दोलनप्रति बाबुरामको ऐक्यबद्धता

काठमाडौं । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले पूर्वमा जारी पहिचान पक्षधरहरूको आन्दोलनप्रति ऐक्यबद्धता जनाएका छन् ।

किरात गणराज्य मोर्चा, यलाखोम समितिका संयोजक रोशन किरातीलगायतका अभियन्ताहरूसँगको भेटवार्ताका क्रममा उनले आन्दोलनप्रति ऐक्यबद्धता जनाएका हुन् ।

“पूर्वको आन्दोलन ठीक समयमा उठेको छ । यसलाई राजनीतिक नेतृत्व, राजनीतिक सङ्गठनप्रधान बनाउनु आवश्यक छ । अनि मात्रै आन्दोलन अघि बढ्छ,” भट्टराईलाई उद्धृत गर्दै संयोजक रोशन किरातीले भने ।

पहिचान मात्र नभइ राष्ट्रमा देखिएका बेथिति, विसङ्गति, हिंसाजस्ता विषयविरुद्ध मोर्चाबन्दी गरेर लड्ने बेला भएको भनाइ भट्टराईको थियो ।

पहिलो संविधान सभाको विघटन नभएको भए यस्तो अवस्था नहुने बुझाइ भट्टराईको छ । पछिल्लो संविधान सभामा भने एमाले-कांग्रेस हाबी हुँदा अपेक्षित काम नभएको भनाइ उनको छ ।

“अहिले पहिचान मात्र होइन, सङ्घीयता नै खारेज गर्ने स्थिति देखा परेको छ । त्यसैले नयाँ ढङ्गबाट अघि बढ्नुको विकल्प छैन,” उनले भने ।

पहिचानको आन्दोलनप्रति आफू स्पष्ट रहेको उनले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved