विदेशबाट फर्किएर उद्यम गर्न चाहनेलाई कर्जा र काउन्सिलिङ दुवै दिन्छौँ : सीईओ ढुङ्गाना

नेपालभ्युज

विदेशबाट फर्किएर उद्यम गर्न चाहनेलाई कर्जा र काउन्सिलिङ दुवै दिन्छौँ : सीईओ ढुङ्गाना

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुङ्गानाले विदेशबाट नेपाल फर्किएर केही गर्न चाहने व्यक्तिहरूका लागि कर्जा मात्र नभएर आवश्यकीय काउन्सिलिङ पनि गर्ने बताएका छन् ।

बिहीबार नबिल दक्ष प्रवासी उद्यमशीम कर्जाको औपचारिक शुभारम्भ कार्यक्रममा बोल्दै उनले आप्रवासी कामदारहरूको लागि नबिल बैंकले विशेष कर्जा ल्याएको बताएका हुन् ।

कार्यक्रममा बोल्दै उनले नबिल बैंकले विगतका समयमा विभिन्न प्रकारका कर्जाहरू विस्तार गर्दै आइरहेको भन्दै त्यसमा थप नयाँ प्रकारको कर्जा पनि थपेको बताए ।

विदेशबाट सीप सिकेर नेपाल फर्किएका व्यक्तिहरूका लागि यो कर्जा उपयुक्त हुने उनको भनाइ छ । आप्रवासी कामदारहरू स्वदेश फर्किएर केही गर्ने सोच बनाइरहेका छन्, अब उनीहरूको सपना हामी साकार पार्छौँ । उनले भने, ‘‘नबिल बैंकले उनीहरूलाई कर्जा मात्र दिँदैन आवश्यक सल्लाह, सुझावसहित काउन्सिलिङ पनि गर्छौँ ।’’

विदेशबाट केही गर्ने सपना बोकेर नेपाल फर्किएका युवाहरूलाई लक्षित गरेर उक्त कर्जा नबिल बैंकले ल्याएको हो ।

विदेशबाट सीप सिकेर आएका व्यक्तिहरूको सीपलाई सम्मान साथ व्यवसायमा ढाल्न महत्त्वपूर्ण भूमिका खेल्ने बैंकको उद्देश्य रहेको उनको भनाइ छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved