नेपाल प्रहरीमा सेवा छाड्नेको संख्या बढ्दै, पछिल्लो समय २४ जना सम्पर्कविहिन

सूचनासहित

नेपालभ्युज

नेपाल प्रहरीमा सेवा छाड्नेको संख्या बढ्दै, पछिल्लो समय २४ जना सम्पर्कविहिन

काठमाडौं । सूचना नै नदिई सेवा छाड्ने प्रहरीको संख्या दैनिक बढ्दै गएको छ । जानकारी नदिई हिडेका प्रहरी कर्मचारीलाई हाजिर गर्न आउने सूचना हरेक महिनाजसो प्रहरी प्रधान कार्यालयले जारी गरेसँगै सेवा छाड्नेको संख्या बढ्दै गएको पुष्टि भएको हो ।

नेपाल प्रहरीमा सूचना नदिई सेवाबाट अलग हुने क्रमलाई रोक्न नेतृत्वमाथि चुनौति थपिएको छ । प्रहरी प्रधान कार्यालयले आज पनि सूचना जारी गर्दै आफूखुसी कार्यालयमा हाजिर नभएको र खोजतलास गर्दा सम्पर्कमा नआएको भन्दै तत्काल स्पष्टीकरणसहित हाजिर हुन भनेको छ ।

सात दिनभित्र हाजिर नभए सेवाबाट हटाउनेसम्मको कारबाही गरिने सूचनामा जनाइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved