ग्लोबल आइएमई बैंकले ६ महिनामा कमायो २ अर्ब नाफा, अन्य सूचक पनि सकारात्मक

नेपालभ्युज

ग्लोबल आइएमई बैंकले ६ महिनामा कमायो २ अर्ब नाफा, अन्य सूचक पनि सकारात्मक

काठमाडौं । ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्षको ६ महिनामा २ अर्ब नाफा कमाएको छ । बैंकले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०र८१ को दोस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

दोस्रो त्रैमाससम्ममा बैंकले २ अर्ब ४ करोड २३ लाख २९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । तर, बैंकको यो नाफा गत आवको सोही अवधिको तुलनामा भने २६.५७ प्रतिशत कमी हो । गत आवको दोस्रो त्रैमासमा बैंकले २ अर्ब ७८ करोड ११ लाख ६५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकको खुद ब्याज आम्दानी र कुल संचालन आम्दानी भने बढेको छ । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३७.९९ प्रतिशतले बढेर ९ अर्ब २ करोड ८७ लाख रुपैयाँ कायम भएको छ । यता, कुल सञ्चालन आम्दानी पनि ३९.२२ प्रतिशतले बढेर १० अर्ब ८६ करोड २६ लाख रुपैयाँ पुगेको छ ।

तर, बैंकको सञ्चालन नाफा भने २५.०८ प्रतिशतले घटेर २ अर्ब ८४ करोड ३० लाख रुपैयाँ कायम भएको छ । वित्तीय विवरणअनुसार बैंकको वितरणयोग्य नाफा पनि १ अर्ब २७ करोड ७९ लाख रुपैयाँ ऋणात्मक देखिएको छ ।

हाल बैंकको चुक्ता पुँजी ३६ अर्ब १२ करोड ८७ लाख रुपैयाँ छ । बैंकले जगेडा तथा कोषमा भने २० अर्ब ७३ करोड ९१ लाख रुपैयाँ राखेको छ ।

सो अवधिमा बैंकको निक्षेप संकलन पनि ६.५५ प्रतिशतले बढेर ४ खर्ब ५४ अर्ब २४ करोड ८० लाख रुपैयाँ कायम भएको छ भने निक्षेप संकलन २.९० प्रतिशत बढेर ३ खर्ब ६४ अर्ब ७४ करोड ९५ लाख रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा बैंकको खराब कर्जा पनि १।७६ प्रतिशतले बढेर ४.६८ प्रतिशत पुगेको छ ।

प्रतिसेयर आम्दानी (इपिएस) पनि झन्डै ७ रुपैयाँले घटेर ११ रुपैयाँ ३१ पैसा कायम भएको छ । यता, प्रतिसेयर आम्दानी पनि १५७ रुपैयाँ ४० पैसा कायम भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved