पनौतीलाई विश्व सम्पदा सूचीमा राख्न पहल

नेपालभ्युज

पनौतीलाई विश्व सम्पदा सूचीमा राख्न पहल

काठमाडौंं । काभ्रेपलाञ्चोकको ऐतिहासिक, धार्मिक–सांस्कृतिक तथा पुरातात्त्विक नगर पनौती विश्व सम्पदा सूचीमा सूचीकृत हुनका लागि काम अन्तिम चरणमा पुगेको छ ।

२०५२ सालदेखि विश्व सम्पदा सूचीमा सूचीकृत गराउने पहल भए पनि काम अघि बढ्न सकेको थिएन ।

पनौती नगरपालिकाका मेयर रामशरण भण्डारीले पनौति क्षेत्र २०५८ सालमा स्मारक क्षेत्र घोषणा भएको र त्यसअघि फ्रान्स सरकारबाट पुनः निर्माण भएसँगै विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने पहल भए पनि अहिलेसम्म सफल नभएको बताए ।

अहिले पनौतीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन अन्तिम तयारीमा लागेको उनले बताए ।

युनेस्कोले दिएको मापदण्ड धेरैजसो पूरा भइसकेकाले अरु बाँकी पनि पूरा गरी पुरातत्त्व विभाग हुँदै युनेस्कोमा पठाउने तयारी भइरहेको जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved