बीपी स्वास्थ्य प्रतिष्ठानमा हर्कले लगाएको ताला खुल्यो

नेपालभ्युज

बीपी स्वास्थ्य प्रतिष्ठानमा हर्कले लगाएको ताला खुल्यो

काठमाडौं । धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिको कार्यकक्षमा माघ १ गतेदेखि लागेको ताला खुलेको छ ।

उपकुुलपति प्रल्हाद कार्कीले राजनीति गरेको भन्दै धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले ताला लगाएका थिए ।

उच्च अदालत विराटनगरको आदेशपछि उनले हिजो आफ्नो सचिवालयका कर्मचारीलाई खटाएर ताला खोलेका थिए ।

तालाबन्दीपछि सञ्जीवकुमार साहले दायर गरेको रिटको सुनुवाइ गर्दै उच्च अदालतले अस्ति बिहीबार स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा बन्द, हड्ताल, तालाबन्दी नगर्नू नगराउनू भनी आदेश दिएको थियो ।

अदालतको आदेशपछि उपकुलपतिको कार्यकक्षमा लागेको ताला खुले पनि डाक्टर र कर्मचारीले गर्दै आएको हड्ताल भने कायमै छ ।

वृत्ति विकासको माग गर्दै प्रतिष्ठानका डाक्टर र कर्मचारीहरूले एक हप्तादेखि आन्दोलन गर्दै आएका छन् ।

उनीहरूले बिहान र दिउँसो उपकुलपतिको कार्यकक्ष अगाडि धर्ना र सभा गर्दै आएका माग पूरा नभएसम्म आन्दोलन गर्ने बताएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved