सामसङ ग्यालेक्सी एस २४ को प्रि–अर्डर खुल्ला, यस्ता छन् विशेषताहरू

नेपालभ्युज

सामसङ ग्यालेक्सी एस २४ को प्रि–अर्डर खुल्ला, यस्ता छन् विशेषताहरू

काठमाडौं । सामसङ नेपालले ग्यालेक्सी एस२४ अल्ट्रा, ग्यालेक्सी एस२४ र ग्यालेक्सी एस२४ को प्रि अर्डर खुलाएको छ । ग्यालेक्सी ए.आई को साथमा मोबाइलको नयाँ अनुभवहरू उपलब्ध गराउने उद्देश्यसहित कम्पनीले ग्यालेक्सी २४ को प्रि–अर्डर खुलाएको हो ।

ए.आई ले ग्यालेक्सी एस२४ सिरिजको हरेक अनुभवलाई अझै राम्रो र सहज बनाउने कम्पनीले विश्वास छ । ग्यालेक्सी एस २४ ले इन्टेलिजेन्ट टेक्स्ट र कल ट्रांस्लेशनको साथ रुकावट बिनाको कुराकानी देखि ग्यालेक्सीको प्रोभिजुअल इन्जिन को साथ आफ्नो सिर्जनात्मक स्वतन्त्रतालाई बढाउन सक्ने जनाएको छ ।

कुनै पनि प्रकारको जिज्ञासाहरू सर्च गर्ने अथवा पत्ता लगाउने तरिका समेत परिवर्तन गर्दै नयाँ स्ट्यान्ड सेट गरेको कम्पनीको भनाई छ ।

“ग्यालेक्सी एस२४ले संसारसँगको हाम्रो सम्बन्धलाई परिवर्तन गर्छ र मोबाइलको आविष्कारको आउँदो दशकलाई प्रज्वलित गर्छ,“ सामसङ नेपालका निर्देशक श्री प्रणय रत्न स्थापितले भने । “ग्यालेक्सी ए आइ हाम्रो नवप्रवर्तन सम्पदा र मानिसहरूले आफ्नो फोन कसरी प्रयोग गर्छन् भन्ने गहिरो बुझाइबाट  निर्माण गरिएको छ। हामी विश्वभरका हाम्रा प्रयोगकर्ताहरूले कसरी नयाँ सम्भावनाहरू खोल्न ग्यालेक्सी ए आइ मार्फत आफ्नो दैनिक जीवनलाई सशक्त बनाउँछन् भनेर हेर्न उत्साहित छौँ।”

ग्यालेक्सी एस २४ को विशेषताहरू :

१‍‍. रुकावट बिनाको कुराकानी
२. सिर्जनात्मक स्वतन्त्रता
३. इन्टेलिजेन्ट र शक्तिशाली अनुभव
४. एडभान्स सुरक्षा र गोपनीयता
५. दिगोपन

मूल्य र उपलब्धता

ग्यालेक्सी एस२४ शृङ्खला प्रि–बुक गर्नको लागि आधिकारिक पूर्व अर्डर वेबसाइट Samsung Nepal S24 Prebook (samsung-np.com) र मा अथवा आफ्नो नजिकैको सामसङ फोन स्टोरहरूमा गएर प्रि–अर्डर गर्न सकिन्छ । प्रि–अर्डर अफरहरू माघ २३ सम्म वा स्टक रहँदासम्म मान्य हुने कम्पनीले जनाएको छ ।

यी उपहारहरू बाहेक  प्रि–अर्डर गर्ने पहिलो ५०० ग्राहकहरूले एनसेल प्रिमियम नम्बर प्रति दिन ७० मिनेट अल नेट भ्वाइस, ७०० एमबी, ७० एसएमएस ६ महिनाका लागि रु ३,५०० निःशुल्क प्राप्त गर्न सक्नेछन्।

१. ग्यलाक्सी एस२४ (१२+५१२ जीबी) टाइटेनियम ब्लाक, टाइटेनियम ग्रे, टाइटेनियम भायोलेट -१९९,९९९\-
२. ग्यलाक्सी एस२४ अल्ट्रा (१२+२५६ जीबी) -१८४,९९९\-
३. ग्यलाक्सी एस२४ प्लस (८+२५६ जीबी) कोबाल्ट भायोलेट, आम्बर एल्लो -१४२,९९९\-
४. ग्यलाक्सी एस२४ बेस (८+२५६ जीबी) कोबाल्ट भायोलेट, आम्बर एल्लो -११९,९९९/-


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved