पाकिस्तानमा ग्यास सिलिन्डर विस्फोट हुँदा २० जना घाइते

नेपालभ्युज

पाकिस्तानमा ग्यास सिलिन्डर विस्फोट हुँदा २० जना घाइते

काठमाडौं । पाकिस्तानको उत्तर पश्चिमी खैबर पख्तुनख्वा (केपी) प्रान्तमा ग्यास सिलिन्डर विस्फोट हुँदा कम्तीमा २० जना घाइते भएका छन् ।

केपीको प्रान्तीय राजधानी सहर पेशावरको रिङ रोड क्षेत्र नजिकै एउटा ग्यास सिलिन्डर पसलमा विस्फोट भएको प्रहरीले बताएको छ ।

विस्फोटको कारण भने खुल्न नसकेको बताउँदै प्रहरीले विस्फोटबारे अनुसन्धान सुरु गरेको बताएको छ ।

घटना लगत्तै उद्धार र प्रहरी टोली घटनास्थलमा पुगेर घाइतेलाई नजिकैको अस्पतालमा लगिएको छ । स्थानीय सञ्चारमाध्यमकारअनुसार घाइतेमध्ये धेरैको अवस्था गम्भीर छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved