मधेस सरकारले आज स्वाभिमान दिवस मनाउँदै

नेपालभ्युज

मधेस सरकारले आज स्वाभिमान दिवस मनाउँदै

काठमाडौं । मधेश सरकारले आज स्वाभिमान दिवस मनाउँदैछ । २०७८ साल माघ ३ गते प्रदेशको नामाकरण र राजधानी तोकिएको सम्झनामा मधेस सरकारले स्वभिमान दिवस मनाउन लागेको हो ।

गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले माघ ३ गतेको दिनलाई स्वाभिमान दिवस मनाउने निर्णय गरेको थियो । दिवसका अवसरमा मधेश सरकारले आज राजधानी जनकपुरधामस्थित महेन्द्र नारायाण निधि मिथिला संस्कृति केन्द्रमा औपचारिक कार्यक्रमको आयोजना गरेको छ ।

कार्यक्रममा मुख्यमन्त्री सरोजकुमार यादवले आफ्नो एक वर्षे कार्यकालको कार्यविवरण सार्वजनिक गर्ने बताएका छन् । २ वर्ष अगाडी आजकै दिन बसेको प्रदेश सभा बैठकले दुई नम्बर प्रदेशको नाम ‘मधेश’ र राजधानी जनकपुरधाम पारित गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved