रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

नेपालभ्युज

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज केन्द्रीय समितिको बैठक बोलाएको छ ।

पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा आज दिउसो ३ बजे बस्ने बैठकमा पार्टीका विभिन्न विभागले पेश गर्ने प्रतिवेदनमाथि छलफल हुने बताइएको छ ।

पार्टी प्रवक्ता मुकुल ढकालका अनुसार बैठकमा समसामयिक विषय तथा संगठनको अद्यावधिक, आर्थिक विभागबाट सहकारी, लघुवित्त, बैंक, इन्सुरेन्स, रिइन्सुरेन्ससम्बन्धी भएको अध्ययन, विभागहरूको रिपोर्ट कार्डलगायतका विषयमा छलफल हुने छ ।

त्यस्तै, आर्थिक तथा प्रशासनिक नियमावली, विभागीय कार्यसञ्चालन नियमावली, केन्द्रीय अनुशासन आयोगले प्रस्ताव गरेको आचार संहिताका विषयलाई पनि बैठकको एजेण्डा बनाइएको छ ।

त्यस्तै बैठकमा महाधिवेशनको तयारी, केन्द्रीय सदस्यहरुको कामको बाँडफाँट लगायतमा पनि छलफल हुने छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved