सुर्खेतमा एक युवक मृत फेला

सुर्खेतमा एक युवक मृत फेला

सुर्खेत । सुर्खेतमा एकजना युवक मृत फेला परेका छन् । सुर्खेतको पञ्चपुरी नगरपालिका ६ मा सोही वडाको कुवापानी गाउँका १८ वर्षीय भरत बुढा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

उनी मृत फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटना शंकास्पद देखिएपछि प्रमुख प्रहरी उपरीक्षक योगेन्द्र थापा नेतृत्वको टोलीले घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ ।

अनुसन्धानका लागि तालिम प्राप्त कुकुरसहितको टोली पनि झिकाइएको प्रहरी निरीक्षक कृष्णबहादुर खड्काले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved