१४ वर्षीया किशोरीमाथि सामुहिक बलात्कार, नगर प्रहरी र सरकारी कर्मचारीसहित पाँचजना पक्राउ, ४ फरार

बलात्कारपछि बालिकाको पेटमा गर्भ बसेको छ । पीडितले दिएको जोहरीअनुसार १० असोजमा नगर प्रहरी वसन्तबहादुर कार्कीले डेरामा आएर एकछिन काम छ भन्दै बाहिर बोलाएका थिए । त्यसपछि डेराबाहिर निस्किएकी बालिकालाई उनले हातमा समाएर कृषि विकास कार्यालयको भवन पुर्‍याएका थिए ।

१४ वर्षीया किशोरीमाथि सामुहिक बलात्कार, नगर प्रहरी र सरकारी कर्मचारीसहित पाँचजना पक्राउ, ४ फरार

सुर्खेत । मुगुमा एक १४ वर्षीया किशोरी सामुहिक बलात्कारमा परेको घटना सार्वजनिक भएको छ । सामुहिक बलात्कारमा नगर प्रहरी र सरकारी कर्मचारी समेत संलग्न रहेको खुलासा भएको छ ।

ति किशोरीमाथि चार महिनाअघि सामुहिक बलात्कार भए पनि अहिले आएर मात्रै घटना सार्वजनिक भएको हो । बलात्कारमा संलग्न भएको अभियोगमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । चार जना फरार छन् ।

छायाँनाथ रारा नगरपालिका–१४ घर भई हाल गमगढी बजारमा बस्दै आएकी पीडितमाथि नगर प्रहरीका एक जवानसहित ९ जनाले सामुहिक बलात्कार गरेको प्रहरीले जनाएको छ ।

१४ वर्षीया किशोरीमाथि सामुहिक बलात्कार गरेको आरोप लागेका छायाँनाथ रारा नगरपालिका–५, कार्कीवाडाका ३० वर्षीय नगर प्रहरी वसन्तबहादुर कार्की, कृषि विकास कार्यालय गमगढीमा कार्यरत कार्यालय सहयोगी सोरु गाउँपालिका–८ का २२ वर्षीय वसन्त रोकाया र १८ वर्ष मुनिका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बलात्कारमा संलग्नताको आरोप लागेका कृषि विकास कार्यालयका सवारी चालक पदमबहादुर कठायत र अन्य ३ जना १८ वर्ष मुनीका किशोर फरार रहेको मुगुका प्रहरी प्रमुख डिएसपी वीरेन्द्रबहादुर थापाले जानकारी दिए ।

बलात्कारपछि बालिकाको पेटमा गर्भ बसेको छ । पीडितले दिएको जोहरीअनुसार १० असोजमा नगर प्रहरी वसन्तबहादुर कार्कीले डेरामा आएर एकछिन काम छ भन्दै बाहिर बोलाएका थिए । त्यसपछि डेराबाहिर निस्किएकी बालिकालाई उनले हातमा समाएर कृषि विकास कार्यालयको भवन पुर्‍याएका थिए ।

त्यसपछि अनेक लालचमा पारेर नगर प्रहरी कार्की, वसन्त रोकाया र पदमबहादुर कठायतले आफूलाई जबरजस्ती करणी गरेको बालिकाले उजुरीमा लेखेकी छन् ।

पीडित बालिकाले आफूमाथि फरक–फरक समय गरी दुईपटक सामूहिक बलात्कार भएको भन्दै प्रहरीसमक्ष छुट्टाछुट्टै जाहेरी दर्ता गराएकी छिन् । अर्को घटनामा १८ वर्ष मुनीका ६ जनाले बलात्कार गरेको उनले बताएकी छन् ।

पेट दुख्ने समस्या भएपछि स्थानीय स्वास्थ्य संस्थामा पुगेकी उनको १८ हप्ताको गर्भ रहेको पाइएपछि घटना बाहिरिएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved