केही समयअघि प्रेम विवाह गरेका श्रीमान् मृत भेटिए, श्रीमती घाइते, साथीहरू फरार

उनीहरु केही साथिहरुसँग ससुरालीबाट घर फर्किदै थिए । राधेसँगै गएका दुई जना साथीहरू भने फरार भएका छन् । उनीहरूको खोजी भइरहेको प्रहरी  निरीक्षक कार्कीले बताए ।

नेपालभ्युज

केही समयअघि प्रेम विवाह गरेका श्रीमान् मृत भेटिए, श्रीमती घाइते, साथीहरू फरार
सांकेतिक तस्वीर।

जनकपुरधाम । महोत्तरीबाट प्रेम विवाह गरी धनुषा गएका एक जना पुरुष मृत भेटिएका छन्, उनकी श्रीमती घाइते अवस्थामा फेला परेकी छन् ।

महोत्तरीको लोहारपट्टी नगरपालिका–३ महदैयाका राधे सहनी मृत फेला परेका हुन् । उनकी श्रीमती अस्मिता सहनी घाइते अवस्थामा भेटिएकी हुन् ।

इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक दीपक कार्कीका अनुसार धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–३ पकडियास्थित गहुँ खेतमा आज बिहान राधे मृत फेला परेका हुन् । श्रीमतीको भने प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ ।

राधेको ससुराली घर क्षिरेश्वरनाथ नगरपालिका पकडिया हो । चार महिनाअघि मात्र राधे र अस्मिताले प्रेम विवाह गरेका थिए ।

क्षिरेश्वरनाथ नगरपालिकास्थित महेन्द्रनगरमा डेरा गरी बस्दै आएका थिए । उनीहरु केही साथिहरुसँग ससुरालीबाट घर फर्किदै थिए । राधेसँगै गएका दुई जना साथीहरू भने फरार भएका छन् । उनीहरूको खोजी भइरहेको प्रहरी  निरीक्षक कार्कीले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved