बारामा दर्ता भयो बम्जनविरुद्ध बेपत्ता र हत्या सम्बन्धी जाहेरी

नेपालभ्युज

बारामा दर्ता भयो बम्जनविरुद्ध बेपत्ता र हत्या सम्बन्धी जाहेरी

काठमाडौँ । तपस्वी भनिएका रामबहादुर बम्जनविरुद्ध बारामा हत्या, अपहरण तथा बेपत्ता सम्बन्धी जाहेरी दर्ता भएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार निजगढ नगरपालिका–१२ स्थित खुमजोरको आश्रमबाट बम्जनले सुरेश कुमार आलेलाई बेपत्ता बनाएको जाहेरीमा उल्लेख छ ।
सिमरा उपमहानगरपालिका–१५ वडहर्वा निवासी ३४ वर्षीय आले २०७२ जेठपछि सम्पर्कविहीन छन् । उनको परिवारले आफ्नो छोरालाई बम्जनले अपहरणपछि बेपत्ता बनाएको भन्दै अनुसन्धान गर्न जाहेरी दिएका हुन् ।

त्यस्तै, सर्लाहीको बागमती नगरपालिका–१२ घर भएकी रिता बोटको पनि हत्या गरेको आरोप बम्जनमाथि छ । उनको पनि बाराको आश्रममा हत्या गरेको भन्दै पीडित परिवारले किटानी जाहेरी दिएका छन् ।

यसअघि यी दुवै परिवारले २०७५ मा आश्रमबाट बेपत्ता आफ्ना सन्तानको खोजतलासको माग गर्दै निवेदन दिएका थिए । जिल्ला प्रहरी कार्यालय बाराले भने पछिल्लो जाहेरीको आधारमा अनुसन्धान र कानुनी प्रक्रिया अगाडि बढाएको उल्लेख गरेको छ ।

अहिले बलात्कार मुद्दा पुर्पक्षका लागि बम्जन सर्लाही कारागारमा थुनामा छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved