प्रधानमन्त्री कप पुरुष क्रिकेट:

पुलिसले बागमतीलाई ६८ रनले हरायो

नेपालभ्युज

पुलिसले बागमतीलाई ६८ रनले हरायो

काठमाडौं। प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले बागमती प्रदेशलाई पराजित गरेको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको प्रतिस्पर्धात्मक खेलमा पुलिसले बागमतीलाई ६८ रनले पराजित गरेको हो। २८३ रनको लक्ष्यमा जवाफी ब्याटिङ गरेको पुलिसले ४२.३ ओभरमा २१४ रनमा अलआउट भयो।

बागमतीका लागि आशुतोष घिरैयाले ९२ रन बनाए। सो क्रममा उनले ८७ बलमा ९ चौका र ४ छक्का प्रहार गरे। तथापि, जितको लागि भने पर्याप्त हुन सकेन। ईशान पान्डेले भने ४४ रन जोडे। पुलिसका लागि सागर ढकालले ३, दिपेन्द्र सिंह ऐरी र करण केसीले २–२ तथा राशिद खानले १ विकेट लिए।

पहिले ब्याटिङ गरेको पुलिसले पुरै ओभर खेलेर ८ विकेटको क्षतिमा २८२ रन बनायो।

पुलिसका लागि राशिद खानले शतकीय र आरिफ शेखले अर्धशतकीय पारी खेले। राशिद ११२ बलमा १०६ रनमा अविजित रहे। कुनै पनि प्रतियोगितामा राशिदको यो पहिलो शतक हो।

प्रधानमन्त्री कपको खेलमा सातौं नम्बरमा आएर शतक प्रहार गर्ने राशिद पहिलो खेलाडी बनेका छन्। उनले सो क्रममा ९ चौका र ६ छक्का प्रहार गरे। आरिफले ६६ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ५७ रन बनाए।

बागमतीका लागि रिजन ढकाल र सूर्य तामाङले ३–३ तथा गौतम केसी र सोनु देवकोटाले १–१ विकेट लिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved