राष्ट्रियसभा निर्वाचन : कोशीमा एमालेले पनि गरायो उम्मेदवारी दर्ता

नेपालभ्युज

राष्ट्रियसभा निर्वाचन : कोशीमा एमालेले पनि गरायो उम्मेदवारी दर्ता

काठमाडौं । कोशी प्रदेशमा राष्ट्रियसभा निर्वाचनका लागि नेकपा एमालेले उम्मेदवारी दर्ता गराएको छ । परशुराम अधिकारी र रुक्मिणी कोइरालाले उम्मेदवारी दर्ता गराएका हुन् ।

भोजपुरका अधिकारीले अन्य र सुनसरीकी कोइरालाले महिला कलस्टरमा उम्मेदवारी दिए ।

अधिकारीको प्रस्तावकमा सिर्जना राई र समर्थकमा जयप्रकाश चौधरी छन्। कोइरालाको प्रस्तावकमा रामप्रसाद महतो र समर्थकमा शिला दिक्षित कार्की छन्।

सत्ता गठबन्धनका तर्फबाट अन्यमा कांग्रेसका कृष्णप्रसाद सिटौलाले उम्मेदवारी दर्ता गराएका छन् । महिलातर्फ भने माओवादीकी चम्पादेवी कार्कीको उम्मेदवारी परेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved