होटलमा कामको प्रलोभन दिएर रुसी सेनामा भर्ती, मानव तस्करीको आरोपमा दुई पक्राउ

नेपालभ्युज

होटलमा कामको प्रलोभन दिएर रुसी सेनामा भर्ती, मानव तस्करीको आरोपमा दुई पक्राउ

काठमाडौं । होटलमा आकर्षक तलब हुने प्रलोभन दिएर रुसी सेनामा भर्ती गराउन खोज्ने दुई जना पक्राउ परेका छन् । रुसको होटलमा काम गर्ने आश्वासन दिलाएर त्यहाँ पुर्‍याएपछि सेनामा भर्ती गराउन खोज्ने दुई पक्राउ परेका हुन् ।

प्रहरीकाअनुसार पक्राउ पर्नेमा अलास्का ट्राभल्सका संचालक गोरखाका अर्जुन श्रेष्ठ भनिने अर्जुन सुनार र सोलुखुम्बुका शेखर राई भनिने शेर बहादुर राई रहेका छन् । उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

होटलको कामका लागि भनेर रुस पुगेका युवा सेनामा भर्ती हुन नमानेपछि फर्किएका थिए । नेपाल फर्केर उनीहरुलाई रुस पठाइदिनेविरुद्ध प्रहरीमा उजुरी गरेका हुन् ।

पक्राउ परेकाहरुले प्रतिव्यक्ति ६ लाख रुपैयाँ असुलेका थिए । उनीहरूले शंकर कार्की , राजन राई र विकास राईलाई रूस पठाएका हुन् ।

रसिया पुगेपछि पनि शंकर कार्कीलाई त्यहाँ दिन आउने व्यक्तिले थप ८०० डलर लिएका थिए । उनले रसियन आर्मीमा भर्ती हुनुपर्छ भनेको प्रहरीसामू कार्कीले बताएका थिए ।
प्रहरीकाअनुसार पक्राउ परेकाहरुले कार्कीको नक्कली कागजातसमेत बनाएर रुस पठाएका थिए ।
अभियुक्तहरुलाई राजधानीबाट पक्राउ गरी मानव तस्करीको कसुरमा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौँ पठाइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved