माओवादीको निष्कर्ष : रुपान्तरण अभियानले जनतामा आशाको झिल्को पैदा भयो

नेपालभ्युज

माओवादीको निष्कर्ष : रुपान्तरण अभियानले जनतामा आशाको झिल्को पैदा भयो

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले सञ्चालन गरेको ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ले जनतामा आशाको झिल्को पैदा भएको निष्कर्ष निकालेको छ ।

मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा आयोजित पत्रकार सम्मेलनका क्रममा पार्टीका प्रवक्ता अग्नि सापकोटाले यस्तो निष्कर्ष सुनाएका हुन् ।

उनले अभियानका क्रममा टोल कमिटीदेखि विभिन्न समिति गठन, पुनःगठन भएको पनि जानकारी दिए । रुपान्तरण अभियानले कार्यकर्ताहरुमा जागृति ल्याएको, जनतामा आशा पलाएको र अभियानले चुनावको बेलामा मात्रै नभइ माओवादी अरु बेलामा पनि आउँदा रहेछन् भन्ने सन्देश दिएको उनको भनाइ थियो ।

प्रवक्ता सापकोटाले अभियानले पार्टी सदस्यता नवीकरण तीव्रताका साथ अघि बढाउन भूमिका खेलेको पनि बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved