नेपालमा लोकतन्त्रको विकल्प सुदृढ लोकतन्त्र मात्रै हो : देउवा

नेपालभ्युज

नेपालमा लोकतन्त्रको विकल्प सुदृढ लोकतन्त्र मात्रै हो : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक गणतन्त्रको विकल्प अझै राम्रो लोकतन्त्र भएको बताएका छन् ।

सोमबार काठमाडौंमा मेलमिलाप दिवसको अवसरमा पार्टीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले लोकतन्त्रको विकल्पबारे सोच्नै नसकिने बताएका हुन् ।

उनले नेपालमा मेलमिलापको आवश्यकता र औचित्य अझै बढ्दै गएकाले सबै मिलेर अघि बढ्नुपर्नेमा जोड दिए । सभापति देउवाले एकअर्काप्रति कडा प्रतिस्पर्धाका बीच नेपालमा राजनीतिक दलहरुबीच मेलमिलाप र एकता हुनु राम्रो पक्ष भएको पनि बताए ।

‘नेपालमा एउटा राम्रो कुरा के छ भने सबै पार्टीहरु एक ठाउँमा बस्ने जुन संस्कार बनेको छ, अन्यत्र सायद धेरै कम छन्, मान्छे छक्क पर्छन्’, उनले भने, ‘अहिले अनेक किसिमका बहाना खोज्नेहरु लोकतन्त्र, गणतन्त्रको खिलाफमा वातावरण बनाउने प्रयास गरिरहेका छन् । तर लोकतन्त्रको विकल्प भनेकै लोकतन्त्र हो । यसको विकल्प छैन ।’

सभापति देउवाले सबै मिलेर एकता कायम गरी मुलुकमा शान्ति सुव्यवस्था कायम गर्नुपर्नेमा जोड दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved