बालकुमारी घटना : गोली हान्न आदेश दिने प्रहरी अधिकारीसहित तीनजना निलम्बित

नेपालभ्युज

बालकुमारी घटना : गोली हान्न आदेश दिने प्रहरी अधिकारीसहित तीनजना निलम्बित

काठमाडौं । ललितपुरको बालकुमारीमा शुक्रबार भएको घटनामा लापरवाही गर्नेहरु निलम्बित भएका छन् ।

सरकारले भौतिक र मानवीय क्षति हुने गरी भएको घटनामा लापरवाही गर्नेलाई कारबाहीमा ल्याउन सुरक्षा अधिकारीसहित तीन जनालाई निलम्बन गरेको हो ।

प्रदर्शनका क्रममा अन्यको विकल्प नगरी गोली चलाउने आदेश दिने प्रहरी अधिकारीसहित तीन जनालाई निलम्बन गरिएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बताएका छन् । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी)को छैटौँ राष्ट्रिय ट्रेड युनियन सम्मेलनलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्रीले निलम्बन गरिएको जानकारी गराए । ‘यो घटनाको छानबिन पूरा नभएसम्म उहाँहरु निलम्बित हुनुभएको छ ।’ उनले भने।

प्रधानमन्त्रीले रोजगार अनुमति प्रणाली (इपिएस) कोरिया शाखाका प्रमुख र सुरक्षा अवस्थाको विश्लेषण नगरी सो क्षेत्र हुँदै भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाश ज्वाला सवार सवारी साधन लैजाने सुरक्षाकर्मीलाई पनि निलम्बन गरिएको बताए ।

ललितपुरको बालकुमारीमा शुक्रबार भएको उक्त घटनामा दुईजनाको ज्यान गएको थियो भने मन्त्री ज्वाला सवार सवारी साधनमा आगजनी भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved