जसपाले राष्ट्रिय सभा सदस्य उम्मेदवारको नाम आज टुंगो लगाउने

नेपालभ्युज

जसपाले राष्ट्रिय सभा सदस्य उम्मेदवारको नाम आज टुंगो लगाउने

काठमाडौं । आसन्न राष्ट्रिय सभा निर्वाचनका लागि पार्टीबाट उम्मेद्वार चयन गर्नका लागि जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ ।

बैठक पार्टी कार्यालय बालकुमारीमा बिहान १० बजे बस्ने छ । पार्टीको तर्फबाट राष्ट्रिय सभा सदस्यको उम्मेदवार चयन गर्न बैठक बस्न लागेको संगठन विभाग प्रमुख राजेन्द्र श्रेष्ठले बताए ।

त्यस्तै पुस २५ गतेदेखि काठमाडौंमा बस्ने पार्टीको राजनीतिक समितिको बैठक र पुस २७ गतेदेखि सुरु हुने केन्द्रीय समितिको बैठकको तयारी पनि बैठकको एजेण्डा बनाइएको छ ।

बैठकले केन्द्रीय समिति सदस्यहरूको जिम्मेवारी बाँडफाँट गर्ने पनि नेता श्रेष्ठले बताए । अवसर नपाएकालाई राष्ट्रिय सभामा लैजानुपर्ने मत पार्टीमा बलियो बनेको नेता श्रेष्ठको भनाई छ ।

सम्बन्धित दलले जितेको सिट यथावत् राखेर एमालेले जितेका ९ वटा सिटमा गठबन्धनबीच भागबन्डा गर्ने सहमति भएको छ ।
राष्ट्रपतिबाट मनोनीत भएको एक, बागमतीमा ४, गण्डकी, कर्णाली र सुदूरपश्चिममा तीन–तीन तथा कोशी, मधेश र लुम्बिनीमा दुई–दुई गरी २० सिट खाली हुदै छन् । १९ सिटका लागि आगामी ११ माघमा निर्वाचन हुँदै छ  ।

एक सिट सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्नेछन् । कांग्रेसबाट चार, माओवादीबाट तीन, एकीकृत समाजवादीबाट एक स्वतन्त्रसहित तीन र जसपाका एक सांसदको समयावधि सकिँदै छ  ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved