पुराना ३५९ थान मुद्दा असारसम्ममा फर्छ्यौट गरिसक्छौं : विशेष अदालत

नेपालभ्युज

पुराना ३५९ थान मुद्दा असारसम्ममा फर्छ्यौट गरिसक्छौं : विशेष अदालत

काठमाडौं । विशेष अदालतले बाँकी रहेका पुराना ३५९ थान मुद्दाहरु आगामी असार मसान्तसम्म फर्छ्यौट गरिसक्ने लक्ष्य राखेको छ ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा विशेष अदालतका उपरजिस्ट्रार धनबहादुर कार्कीले बाँकी रहेका ३५९ पुराना मुदद असार मसान्तसम्म सकिसक्ने कार्ययोजनाअनुसार काम गरिरहेको बताएका हुन् ।

उनले अदालतले साउनदेखि आगामी असारसम्म दर्ता हुने नयाँ मुद्दाहरु पनि असार मसान्तसम्म ५० प्रतिशत फछ्र्यौट गरिसक्ने कार्ययोजना रहेको बताए ।

गत साउनदेखि मंसिर मसान्तसम्म ७५ थान मुद्दा नयाँ दर्ता भएको उनले जानकारी दिए ।

उनले अघिल्लो आर्थिक वर्ष अर्थात असार मसान्तसम्म बाँकी रहेका मुद्दा ३५९ थान रहेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved