धनुषाको हंसपुर प्रहरी कार्यालयमा तनाव, प्रहरीले गोली चलाउँदा एक घाइते

धनुषाको हंसपुर प्रहरी कार्यालयमा तनाव, प्रहरीले गोली चलाउँदा एक घाइते

जनकपुरधाम। धनुषाको हंसपुरमा प्रहरीले चलाएको गोली लागेर एक व्यक्ति घाइते भएका छन् । प्रहरीको गोली लागेर स्थानीय शंकर मण्डल घाइते भएका हुन् । उनको हातमा गोली लागेको छ ।

उनलाई उपचारका लागि जनकपुर लगिएको छ । प्रहरी कार्यालयमा हिजो साँझ भएको छलफलका क्रममा झडप हुँदा स्थानीय दीपनारायण मण्डलको टाउकोमा गम्भीर चोट लागेको थियो ।

६५ वर्षिय मण्डको उपचारका क्रममा मृत्यु भएपछि स्थानीयवासी आक्रोशित हुँदै प्रहरी कार्यालय तोडफोडमा उत्रिएका हुन् । सयौंका संख्यामा रहेका स्थानीयले प्रहरी कार्यालयमा ढुंगामुढा गरेपछि भिड नियन्त्रण गर्न गोली चलाउनु परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार चोरीको विषयमा स्थानीय दुई पक्षबीच प्रहरी कार्यालयमै झडप भएको थियो । सोही झडपका क्रममा घाइते भएका स्थानीयदीपनारायण मण्डलको उपचारका क्रममा राति मृत्यु भएको प्रहरीको भनाई छ ।

चोरीको विषयमा विवाद भएपछि प्रहरी कार्यालयमा ल्याएर दुवै पक्षलाई छलफल समेत गराइएको थियो ।

स्थिति तनावग्रस्त भएपछि जिल्ला प्रहरी कार्यालयबाट एसपीको नेतृत्वमा टोली घटनास्थलतर्फ पठाइएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved