भिजा टु पार्टनरबाट ‘आइएमई पे’ सम्मानित 

नेपालभ्युज

भिजा टु पार्टनरबाट ‘आइएमई पे’ सम्मानित 

काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट आइएमई पे भिजा पार्टनरसिप अवार्डबाट सम्मानित भएको छ ।

मंगलबार आयोजित ‘भिजा लिडरसिप कन्क्लेभ २०२३’ मा भिजाले उत्कृष्ट फिनटेक कम्पनीको रूपमा आइएमई पेलाई ‘एक्सिलेन्स इन फिनटेक पार्टनरसिप’ अवार्डबाट सम्मानित गरेको हो ।

यो अवार्डले फिनटेक उद्योगमा प्राविधिक उत्कृष्टता मार्फत वित्तीय पहुँचको विस्तार गर्नुका साथै नवप्रवर्तनका लागि आइएमई पे र भिजा बिचको बलियो साझेदारीलाई प्रतिबिम्बित गर्दछ ।

आइएमई पेले हाल भिजासंगको सहकार्यमा भर्चुअल तथा फिजिकल कार्ड प्रयोगमा ल्याएर नेपालको फिनटेक क्षेत्रमै नयाँ बेन्च मार्क सेट गरेको छ र आगामी दिनमा पनि भिजासंगको सहकार्यमा विभिन्न नव प्रवर्तनात्मक सेवाहरू लिएर आउने जानकारी आइएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले जानकारी गराए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved