मणिपालमा उपचार गराइरहेका बेला बेपत्ता भएका युवकको शव फेला पर्‍यो

नेपालभ्युज

मणिपालमा उपचार गराइरहेका बेला बेपत्ता भएका युवकको शव फेला पर्‍यो

काठमाडौं ।  पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार गराइरहेका बेला बेपत्ता भएका युवकको शव फेला परेको छ ।

तनहुँ घर भइ पोखरा बस्ने १९ वर्षीय संगम मिश्रको शव  नदीपुरस्थित सेती नदीको बिचमा ढुङ्गामा अड्किएको अवस्थामा  फेला परेको कास्की प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनको शव पोष्टमार्टमको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको  छ ।

उपचारका लागि मणिपाल शिक्षण अस्पताल लगिएका मिश्र त्यहींबाट सम्पर्कविहीन भएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved