भोजपुरको जनभेटमा ओलीले भने- एमाले सरकारबाट बाहिरिएसँगै देशमा बर्बादी सुरु भयो

नेपालभ्युज

भोजपुरको जनभेटमा ओलीले भने- एमाले सरकारबाट बाहिरिएसँगै देशमा बर्बादी सुरु भयो

काठमाडौं । झुलाघाट–चिवाभन्ज्याङ यात्राका क्रममा भोजपुर पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले सरकारबाट बाहिरिएसँगै देशमा बर्बादीको सुरुवात भएको बताएका छन् ।

देशी विदेशी शक्तिले षड्यन्त्रपूर्वक एमालेको सरकार ढालेको दाबी गर्दै उनले फेरि पनि देशलाई अघि बढाउन एमाले नेतृत्वको सरकार आवश्यक रहेको बताए ।

भोजपुरको तिवारीभञ्ज्याङमा आयोजित कार्यक्रममा उनले प्रचण्ड नेतृत्व सरकारको कामबाट गठबन्धनको घटक कांग्रेस नै आजित भइसकेको पनि दाबी गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved