ओलीले भने- सत्तासीनहरूको लुटेरा प्रवृत्तिका कारण देश गरिब भयो

नेपालभ्युज

ओलीले भने- सत्तासीनहरूको लुटेरा प्रवृत्तिका कारण देश गरिब भयो

भोजपुर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देश ओरालो यात्रामा रहेको बताएका छन् । बुधबार जिल्लाको टेम्केमैयुङमा आयोजित सन्देश सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

“उकालो जानुपर्ने देश ओरालो झरिरहेको छ । देश धेरै अप्ठ्यारो अवस्थाबाट गुज्रिरहेको छ । राजनीतिक हिसाबले, आर्थिक हिसाबले, सामाजिक हिसाबले देश ओराली झरिरहेको छ । उकालो जानुपर्ने देश ओरालो झरिरहेको छ,” उनले भने ।

उनले देश बिग्रनुको कारण सत्तासीनहरूको लुटेरा प्रवृत्ति भएको जिकिर गरे । “देश किन गरिब भयो ? सत्तास्वार्थमा केन्द्रित रहेर राजनीति, सामाजिक नीति अनि सबै नीति तयार पार्नुले हो । सत्तासीनहरूको स्वार्थीपन, लुटेरा प्रवृत्ति, आफू धनी भएर जनतालाई रुवाउने, विकासमा चासो नहुनेहरूका कारण गरिब भएको हो,” ओलीले भने ।

उनले अहिलेको सरकारले केही काम नगरेको बताए । सत्तास्वार्थमा मात्रै लागेको आरोप लगाउँदै उनले आफू प्रधानमन्त्री हुँदा विकासको मूल फुटेको दाबी गरे ।

“हामीलाई सत्ताबाट हटाइयो । तर, फेरि आएर विकासका कामहरू गर्‍यौँ । हामीले कच्ची पुलहरू हटायौँ । तुइन हटायौँ । लिक बनायौँ, रेलहरू चलायौँ । सडकहरू बनायौँ । हाम्रो समय धेरै काम भयो । विरोधीहरू आत्तिए । एमालेले अब जितेको-जित्यै गर्छ भनेर सुर्ताए,” उनले भने ।

उनले एमालेले अघि बढाएको विकास निर्माणका काम देखेर कांग्रेस र माओवादीले देखिनसहेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved