सर्वसाधारणका लागि खुल्यो हिमालयन रिको आइपीओ, आजदेखि आवेदन दिन सकिने

नेपालभ्युज

सर्वसाधारणका लागि खुल्यो हिमालयन रिको आइपीओ, आजदेखि आवेदन दिन सकिने

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनी लिमिटेडले सर्वसाधारणहरूको लागि आजदेखि आइपीओ खुला गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै सर्वसाधारणको लागि आइपीओ निष्कासन गरिएको जानकारी गराएको हो ।

कम्पनीले पहिलो चरणको आईपीओ बाँडफाँड गरेपश्चात् प्रिमियम मूल्यमा सर्वसाधारणलाई आईपीओ जारी गर्न लागेको हो ।

कम्पनीले कुल जारी पुँजी १० अर्ब रुपैयाँको ३० प्रतिशत अर्थात् तीन अर्ब रुपैयाँ बराबर प्रतिशेयर १०० रुपैयाँ अंकित दरका तीन करोड कित्ता साधारण शेयरमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रति शेयर २०६ अंकित मूल्यमा ६ अर्ब १८ करोड रुपैयाँ सर्वसाधारणका लागि छुट्टाएको छ ।

सो मध्येबाट दुई प्रतिशत अर्थात् ६ लाख कित्ता शेयर कम्पनीमा कार्यरत कर्मचारीलाई सुरक्षित गरिएको छ भने १० प्रतिशत अर्थात् ३० लाख कित्ता शेयर वैदेशिक रोजगारमा रहेका नेपालीलाई छुट्ट्याएको छ । साथै, ५ प्रतिशत अर्थात् १५ लाख कित्ता शेयर सामूहिक लगानी कोषलाई बाँडफाँड गरिसकेको छ ।

कम्पनीले बाँकी रहेको २ करोड ४९ लाख कित्ता सेयर सर्वसाधारणका लागि आजबाट निष्कासन गरेको छ । सर्वसाधारणहरूले कम्पनीको आइपीओमा आज मंसिर २७ गतेदेखि आगामी पुस ११ गतेसम्म आवेदन दिन सक्नेछन् भने प्रतिव्यक्ति १० कित्तादेखि ३ लाख कित्तासम्म आवेदन दिन पाइने व्यवस्था छ ।

हिमालयन रिइन्स्योरेन्सको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved